काठमाडौंःचिकित्सा क्षेत्र सुधारको माग गर्दै १९ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले अभद्र व्यवहार गरेको भन्दै कांग्रेसका नेता अर्जुननरसिंह केसीले आपत्ति जनाएका छन् ।
डा. केसिकाे स्वास्थ अवस्था बुझ्न नेका पुर्व-सहमहामन्त्री केसी साथमा नुवाकोट काँग्रेसका सभापति जगदिश्वर नरसिंह केसी, चिकित्सक संघका पुर्व अध्यक्ष डा. केदार नरसिंह केसी लगायत त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
कांग्रेस नेता केसीले सत्याग्रहमा बसेका डा. केसीलाई भेट गरेर प्रहरी प्रशासनले अभद्र व्यवहार गर्दै अपहरण शैलीमा नियन्त्रणमा लिएको घटना अत्यन्तै आपत्तिजनक र निन्दनीय भएको बताए ।
केसीले नागरिकले शान्तिपुर्ण रुपमा आफ्ना कुरा राख्न पाउने संवैधानिक हकको हनन गरेको भन्दै राज्यले निर्लज्जता र बर्बरतापूर्ण काम तुरुन्त बन्द गर्न समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया