श्रावण १६, २०८३ शनिबार August 1, 2026

पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च

मूल्य वृद्धिसँगै उपभोक्ताले अब पेट्रोल, डिजेल तथा मट्टितेल खरिद गर्दा अघिल्लो मूल्यभन्दा बढी रकम तिर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो। सोही कारणले आन्तरिक बजारमा पनि मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ।

नयाँ समायोजित मूल्य आइतबारदेखि लागू हुने निगमले जानकारी दिएको छ। मूल्य वृद्धिसँगै उपभोक्ताले अब पेट्रोल, डिजेल तथा मट्टितेल खरिद गर्दा अघिल्लो मूल्यभन्दा बढी रकम तिर्नुपर्ने भएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव भइरहेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्ने गरेको छ। नेपालले पेट्रोलियम पदार्थको अधिकांश आपूर्ति भारतीय आयल कर्पोरेसनमार्फत आयात गर्ने भएकाले त्यहाँबाट प्राप्त खरिद मूल्यका आधारमा समय–समयमा मूल्य समायोजन गर्ने गरिएको निगमले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार