श्रावण १७, २०८३ आइतबार August 2, 2026

आज (मंगलबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक

मौसम १०० रुपैयाँ, जुनार ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) ५० रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) ३५ रुपैयाँ, र गोलभेँडा सानो (तराई) ५० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो १७ रुपैयाँ, आलु रातो (भारतीय) २२ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गाजर (तराई) १५ रुपैयाँ, बन्दा (लोकल) २० रुपैयाँ, बन्दा (नरिवल) १४ रुपैयाँ, काउली (स्थानीय) १५ रुपैयाँ, काउली (तराई) २० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) १५ रुपैयाँ, भन्टा लाम्चो ३५ रुपैयाँ र भन्टा डल्लो ३५ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (लोकल) ३० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) २५ रुपैयाँ, घिउ सिमी (राजमा) ९० रुपैयाँ, टाटे सिमी ३५ रुपैयाँ, तितो करेला ११० रुपैयाँ, लौका ५० रुपैयाँ, फर्सी पाकेको ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) २० रुपैयाँ, हरियो फर्सी (डल्लो) २० रुपैयाँ, सलगम ४० रुपैयाँ, भिन्डी ११० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ५० रुपैयाँ तोकिएको छ ।
समितिले रायोसाग प्रतिकिलो ४५ रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर ९० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, बकूला प्रतिकिलो ३० रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) १६० रुपैयाँ, च्याउ (डल्ले) ३३० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, जिरीको साग ३० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले १५० रुपैयाँ, सौफको साग ९० रुपैयाँ, पुदिना १०० रुपैयाँ र गुन्द्रुक २५० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर (हरियो) २०० रुपैयाँ, अंगुर (कालो) ३२० रुपैयाँ, सुन्तला (भारतीय) १३० रुपैयाँ, तरबुजा (हरियो) ५० रुपैयाँ, मौसम १०० रुपैयाँ, जुनार ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) २५ रुपैयाँ, निबुवा ६० रुपैयाँ, मेवा (नेपाली) ५० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) ३०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला १२० रुपैयाँ निर्धारण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार