श्रावण १६, २०८३ शनिबार August 1, 2026

नेप्से परिसूचक १३ अङ्कले बढ्यो

सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एसिया ग्रोथ फन्ड–२ को शेयर मूल्य चार दशमलव ७४ प्रतिशतले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, चैत ३ गते ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्दुमा कायम भएको छ ।

आज ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर एक लाख छ हजार १४० पटक खरिद–बिक्री हुँदा १२ अर्ब तीन करोड ४४ लाख छ हजार ३२८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ८४, विकास बैँक शून्य दशमलव ६४, जलविद्युत् एक दशमलव ५९, लगानी शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९ र म्युचुअल फन्ड शून्य दशमलव ३६ प्रतिशले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

वित्त शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव १७, जीवन बिमा शून्य दशमलव ३१, लघुवित्त शून्य दशमलव २६, निर्जीवन बिमा शून्य दशमलव ०३, व्यापार शून्य दशमलव २१ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ ।

रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एसिया ग्रोथ फन्ड–२ को शेयर मूल्य चार दशमलव ७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरे रिदी पावर कम्पनी लिमिटेडको ५६ करोड ३७ लाख ६१ हजार ७२५ बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर लिमिटेडको १९ लाख २३ हजार ७४ कित्ता शेयर किनबेच भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार