जेठ ६, २०८१ आइतबार May 19, 2024

‘हामीले चाहेको राजसंस्था भनेको एकताको प्रतीक मात्र हो ।’ – बुद्धिमान तामाङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अब तपाईँको पार्टीमा पूर्ण रूपमा एकता भयो ? अब कुरा मिल्यो, नेताहरूको बीचमा ?

पार्टी दर्ता भईसक्यो ।

विमत्ति छैन, सिद्धान्त, नीति र नेतृत्वमा ?

सबैमा क्लियर भईसक्यो ।

लामो समयपछि तपाईँहरू एक हुनुभयो ? कसरी एक हुनुभयो ? मलाई बताउनुहोस् त ?

अहिले हाम्रो चुनाव चिह्न हलो हुने भयो । पार्टीको नाम राप्रपा नै हुने अनि झण्डा राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डा कायम हुने, तीनजना अध्यक्ष हुने, त्यसपछि २०७८ साल बैशाख २५ गते महाधिवेशन हुने, त्यो महाधिवेशनको प्रतिनिधि सक्रिय सदस्यबाट चुनिएर आउने, त्यो किसिमको हाम्रो सहमति भएको छ । अब नयाँ विधान पनि पेश गर्ने विधान संशोधन समिति पनि गठन भईसक्यो ।

विधान संशोधन समिति गठन भयो, को–को हुनुहुन्छ ?

त्यसमा निरञ्जन ठकुरीज्यु हुनुहुन्छ । त्यसपछि वकिलहरू हुनुहुन्छ । वरिष्ठ अधिवक्ताहरू राजु बस्नेतलगायत हुनुहुन्छ, सबै ।

त्यसोभए नीतिको कुरा गर्दाखेरि तपाईँहरू राजसंस्थालाई अँगाल्ने कि गणतन्त्रलाई ?

हाम्रो राजसंस्थालाई नै हो ।

तपाईँलाई किन चाहियो राजसंस्था अहिले ? संघीय लोकतान्त्रिक गणतन्त्र छ, अहिले नेपालमा ?

यसको लागि एउटा लामो बहस नै हुनुपर्छ । समय लाग्छ, यसको व्याख्या गर्नको लागि । मुख्य कुरा हाम्रो देशको भूराजनीति, करिब हाम्रो नेपालमा १३० जातजातिहरू छन् । त्यस्तैगरी १२५ भाषा बोल्छन् यहाँ । यहाँ १० वटा धर्म मान्ने छन् । यसकारण विविध सँस्कृति भएको देश, विविध जातजाति भएको देश र एउटा एकताको प्रतीकको रूपमा राजसंस्था हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।

होइन तपाईँले भनेर भएन नि । जनताले मानेका छैनन् । जनताले चाहँदैनन्, नेपालमा राजसंस्था आओस् भनेर । कसैको चाहना र रुचि छैन । जनताको चाहना हुनुपर्छ नि ?

जनताको चाहना भन्ने कुरा पहिला सक्रिय राजतन्त्र हटाउने भन्ने थियो । हामीले चाहेको राजसंस्था भनेको एकताको प्रतीक मात्र हो । शासन व्यवस्था जनताले निर्वाचित गर्ने हो । एउटा संरक्षकको रूपमा रहने, एउटा एकताको प्रतीकको रूपमा मात्रै रहने राजसंस्था हामीले परिकल्पना गरेका छौँ । त्यो नेपाली जनताले स्वीकार्छन् ।

बुद्धिमान तामाङजी तपाईँलाई थाहा छ, हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । सबै पोलिटिकल पार्टी गणतन्त्रको पक्षमा छन् । संस्थागत भईसक्यो । अनि तपाईंहरु राजसंस्था भन्दै हिँड्नुभएको छ ?

पार्टीको नेताहरू हुन सक्छन् ।

अब एकाइसौँ शताब्दीमा बीसौँ शताब्दीको कुरा गर्ने ? हामीले फेरि पुरानो कुरा गर्ने ?

कुरा यस्तो हुन्छ, मुख्य कुरा के हो भने संसारमा अझै पनि पचासदेखि साठीओटा देशहरूमा राजसंस्था छ । विकसित मुलुकहरूमा राजसंस्था छ । राजसंस्था जापान, थाइल्याण्ड, भुटानलयायत देशहरूमा छन् । नेपालमा पनि राजसंस्था किन चाहिन्छ भने नेपाल देश बनाउने यो राजसंस्थाको ठुलो भूमिका छ ।

अब पार्टी फुट्दैन फेरि ? धेरै पटक फुटेको पार्टी हो नि ?

हाम्रो तीनजना अध्यक्षज्युहरूले राष्ट्रियसभा हलमा गीता छोएर कसम खाईसकेका छन् । त्यसकारणले गर्दाखेरि पार्टी फुट्दैन । हामी धर्म बोल्ने पार्टी हो । हामी धर्ममा विश्वास गर्ने पार्टी हो । त्यसकारण धर्मग्रन्थ नै छोएर कसम खाईसकेपछि कहाँबाट पार्टी फुट्छ ? हुनै सक्दैन यो कुरा ।

बैशाखमा महाधिवेशन हुन्छ  ? सम्भावना छ ?
सम्भावना छ । हामी यो दशैँ लगतै गाउँगाउँ पस्छौँ । सक्रिय सदस्य बनाउँछौँ । गाउँगाउँमा सक्रिय सदस्य बनाईसकेपछि चुनाव भन्ने कुरा खास ठुलो कुरा भएन नि । त्यो एक महिनामा नै सबै कुरा सम्पन्न हुन्छ । चुनाव भनेको प्रतिनिधिहरू छान्ने कुराहरू हुन् । त्यो सम्पन्न हुन्छ, त्यो कुनै ठुलो कुरा होइन ।

एकल नेतृत्वमा जान्छ राष्ट्रिय प्रजातन्त्र पार्टी अब ?

त्यसपछि एकल नेतृत्वमा नै जाने सोचमा हाम्रो विधान तयार हुँदैछ ।

देशको राजनीतिको कुरा गर्दाखेरि राष्ट्रिय प्रजातन्त्र पार्टी त मौन छ । कुनै प्रतिक्रिया दिँदैन । किन ?

हाम्रा प्रतिक्रिया हाम्रा अध्यक्ष्यज्युहरूबाट आई नै राखेका छन् । अक्सर गरेर हाम्रो कमल थापाज्यु लगायत तीनैजना अध्यक्षज्युहरूको आईराखेको हुन्छ । अहिले एउटै कुरा दुःखको कुरा के छ भने जनताले जुन किसिमको आश र भरोसा लिएर यो सरकारलाई झण्डै दुईतिहाईको मत दिएर सरकारमा लगेको थियो, त्यो विश्वास र आशमा तुषारोपात भएको छ । अहिले जनता एकदमै झन् यो कोरोनाले गर्दाखरि लकडाउनमा पर्दाखेरि जनताले धेरै दुःख पाएका छन् । त्यसलाई जनताले जुन सपोर्ट गर्नुपर्ने हो, सपोर्ट गर्न सकिरहेको छैन । अहिले ६० प्रतिशत चरम मूल्यवृद्धि भईसक्यो । चैतदेखि हिसाब गर्ने हो भने अहिले ६० प्रतिशत मूल्यवृद्धि भईसक्यो हरेक चीजमा । बजार नियन्त्रण भएको छैन । जुन किसिमको स्वास्थ्य सामग्री खरिद गर्ने कुरा छ, कोरोना जस्तो महामारीमा, त्यो सामग्रीहरूमा समेत भ्रष्टाचार हुन्छ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया