मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

गृहमन्त्री थापा उच्च सुरक्षादलबल सहित दार्चुलाकाे छाङरु पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गृहमन्त्री रामबहादुर थापा उच्च सुरक्षा अधिकारीको दलबलसहित दार्चुलाकाे छाङरु पुगेका छन् ।

छाङ्रुमा निर्माण हुन लागेको सशस्त्र प्रहरीको गुल्मको भवन शिलन्यासका लागि गृहमन्त्री थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गृहसचिव महेश्वर न्यौपाने शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

काठमाण्डौंबाट सुर्खेतसम्म स्काइ ट्रकमा र त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमा सो टोलि छाङरु गएको हो । छाङरुमा सशस्त्र प्रहरीको गुल्मका लागि भवन निर्माण हुँदैछ।

सो भवन निर्माणका लागि १० करोड रुपैयाँ छुट्याइएको छ। भवन अत्याधुनिक सुविधासहितको हुने गृह मन्त्रालयले जनाएको छ। यसअघि हिउँदको समयमा हिउँ पर्न थालेपछि त्यसक्षेत्रमा प्रहरी बस्दैनथ्यो। तर भवन निर्माणपछि सधैंभरी प्रहरी बस्ने छ।

टोलीले तिंकर र कौवाको पनि हवाई निरीक्षण गर्ने कार्यक्रम रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भारतले अक्रिमण गरेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय सुरक्षा फौजहरुको उपस्थिति र अन्य गतिबिधि समेत बढाउँदै लगेपछि नेपालले छाङरुमा सुरक्षाकर्मी तैनाथ गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार