काठमाण्डौँः विश्व महामारी कोरोना भाईरस संक्रमणको कारण ६ महिनादेखी रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै सुरु हुने भएको छ। आयोगले बिहीबार गरेको निर्णयअनुसार अधिकृत तह र नावय सुब्बा तहको परीक्षा आगामी कात्तिक १८ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो।
आयोगकी प्रवक्ता गीताकुमारी होमागाँइका अनुसार न्याय सेवा तर्फको अधिकृत तहको परिक्षा कात्तिक १८ गते प्रथम, १९ गते द्धितीय र २० गते तृतीय विषयको परिक्षा हुनेछ। त्यस्तै व्यवस्थापिका संसद सेवाको २१ र २२ गते हुनेछ ।
आयोगले परराष्ट्र सेवा, सामान्य प्रशासन सेवा, लेखापरीक्षण र संसद सेवा तर्फको परिक्षा कात्तिक २३ गतेदेखि २७ गतेसम्म हुने जनाएको छ। अधिकृत तहको परिक्षा गत चैत १७ गतेदेखि तोकिएको मा ११ गते नै लक डाउन हुँदा आयोगले सम्पूर्ण परिक्षा स्थगित गरेको थियो।
होमागाइका अनुसार नासु तहको परिक्षा मंसिर ७ गतेदेखि सुरु हुनेछ। सुब्बाको द्धितीय पत्र समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापनको परिक्षा ७ गते र तृतीय पत्र सेवाअुनसार ८ गतेदेखि १२ गतेसम्म निरन्तर हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया