काठमाण्डौंः गायक जे.बी.ओली तथा गायिका मेलिना राईको स्वरमा ‘काली आई लभ यु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा जे.बी. ओलीकै शब्द तथा संगीत सुन्न सकिन्छ ।
शंकर बिसीको निर्देशन तयार भएको उक्त गीतको म्युजिक भिडियोमा शंकर बिसी, महेन्द्र गौतम, अञ्जली अधिकारी तथा करिश्मा ढकालले नृत्य तथा अभिनय गरेका छन् ।
भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् भने नबिन घर्ती मगरले यसलाई सम्पादन गरेका हुन् । बेल्जियममा बसोबास गर्दै आईरहेका गायक तथा सर्जक जे.बी.ओलीले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया