मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

गृहमन्त्री थापाले गरे दार्चुलामा ५० नम्बर गुल्मको उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः गृहमन्त्री रामबहादुर थापाले नेपाल नम्बर ५० गुल्मको उद्घाटन गरेका छन् । भारतले अतिक्रमण गरेको दार्चुलाको व्यास गाउँपालिका- १ छाङरुको गागामा स्थापित सशस्त्र प्रहरीको गुल्मको हेलिकप्टरमार्फत व्यास पुगेर उनले उद्धाटन गरेका हुन् ।

एकतर्फी रुपमा नेपाली भूमि भएर चीन जोड्ने गरी सडकको भारतले उद्घाटन गरेपछि नेपाल सरकारले व्यासमा सशस्त्र प्रहरी बल राखेको हो । आफ्नो भूमिको रक्षाका लागि गएको वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट राखिएकोमा अहिले स्तरोन्नति गर्दै गुल्म राखिएको हो ।

गएको असार २८ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गरिएको हो । अहिले व्यासको गुल्ममा प्रहरी नायब उपरीक्षक (डीएसपी) धीरेन्द्र शाहले नेतृत्व गरेका छन् ।

गृहमन्त्री थापासँगै छाङरुमा सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, लगायत सहभागी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार