असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्रीको सम्बोधन ‘पीडितको चासो सम्बोधन गर्दै संक्रमणकालीन न्याय टुंग्याउँछौं’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 काठमाण्डाैंः प्रधानमन्त्री केपी ओलीले नेपालमा संक्रमणकालीन न्याय प्रक्रिया चाँडै टुंग्याउने वचनबद्धता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७५औँ महासभाको जनरल डिबेटलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितहरूको चासो सम्बोधन गर्नेसमेत प्रतिबद्धता दोहोर्‍याएका छन् । प्रधानमन्त्रीले गम्भीर मानव अधिकार उल्लंघनका घटनामा दण्डहीनतालाई प्रश्रय नदिनेसमेत स्पष्ट पारेका छन् । प्रधानमन्त्रीले कोभिड– १९ विरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धतादेखि नेपालको समावेशीकरण हुँदै तुइन विस्थापनसमेतका प्रसंग उल्लेख गरेका छन् ।

महासभामा पठाएको रेकर्डेड भिडियो सम्बोधनमा प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय मानव अधिकार परिषद्का सदस्यका रूपमा पनि नेपालले संक्रमणकालीन न्याय टुंग्याउने प्रतिबद्धता जनाएका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका अनुसार प्रधानमन्त्रीले संसारमा हतियारको होडबाजी रोकेर अन्तर्राष्ट्रिय समुदायले कोभिड– १९ विरुद्ध खोप निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अहिले नेपाल मानव अधिकार परिषद्को सदस्य रहेको र आगामी वर्षदेखि थप दुई वर्षका लागि पुनः सदस्यमा निर्वाचित गरिदिन पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् । नेपालले हजारौँ शरणार्थीलाई मानवीय आधारमा शरण दिएको सन्दर्भ उल्लेख गर्दै उनीहरू आफ्ना देशमा सुरक्षित र सम्मानजनक रूपमा स्वदेश फिर्ता जान पाउने अधिकारको सम्मान गर्न पनि आग्रह गरेका छन् । नेपालले औपचारिक रूपमा भूटानी र तिब्बती शरणार्थीलाई मान्यता दिएको छ । करिब ६ हजार पाँच सय भुटानी शरणार्थी स्वदेश फिर्ताका लागि नेपालले आह्वान गरेको हो । नेपालमा करिब १४ हजार तिब्बती शरणार्थी औपचारिक रूपमा दर्ता भएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल युएनको बडापत्रमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । यही आधारमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, छिमेकी मुलुकसहित अन्य देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्दै आएको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्रीले नेपालको पछिल्लो संविधानअनुसार सबै जाति तथा समुदायको अधिकार सुरक्षित भएकोदेखि उनको घोषणाअनुसार नेपालका नदीहरूमा तुइन विस्थापन भएकोसमेत उल्लेख गर्न भ्याएका छन् । उनले संयक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई थप समावेशी बनाउनुपर्नेमा जोड दिएका छन् । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार