कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

काँग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ देखी शुरू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही भदौ २४ गतेदेखि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरू गर्ने भएको छ ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी मुख्यालय सानेपा ललितपुरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेसले उक्त अभियान सञ्चालन गर्न लागेको बताएका हुन् । दोस्रो चरणको जागरण अभियान असोज ०७ गतेसम्म देशैभर एकसाथ चल्नेछ । जननेता बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको दिन पारेर कांग्रेसले अभियानको सुरुवात गर्न लागेको र उक्त अभियानको उद्घाटन वृक्षारोपण गरेर शुरू हुनेछ ।

करिब १५ दिन सञ्चालन हुने दोस्रो चरणको जागरण अभियानमा पूर्वघोषणा अनुरूप ७७ वटै जिल्लाका निर्वाचन क्षेत्र केन्द्रीत अभियान सम्पन्न गर्ने योजना रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

जागरण अभियानका क्रममा ३३० वटा क्षेत्रहरूमा केन्द्रीय प्रतिनिधिहरू परिचालन हुनेछन् । अभियानको अन्तिम दिन असोज ०७ गते जिल्लास्तरीय विरोध प्रदर्शनहरू समेत सञ्चालन गर्ने प्रवक्ता शर्माले बताएका छन् ।

राष्ट्रिय जागरण अभियानका १५ उद्देश्यहरू जस्ताको तस्तैः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा
२०८३ कार्तिक १३, शुक्रबार
त्रिवि ५२औँ दीक्षान्त समारोह : अनलाइन फाराम भर्ने समय चार दिन थप
२०८३ कार्तिक १३, शुक्रबार
नेतान्याहुको सत्ता निरन्तरतामा चुनौती, इजरायलमा सरकार गठनको नयाँ कसरत
२०८३ कार्तिक १३, शुक्रबार
Bilateral commitment to bolster border security, cooperation
२०८३ कार्तिक १३, शुक्रबार
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार