असार १२, २०८३ शुक्रबार June 26, 2026

काँग्रेसको दोस्रो चरणको जागरण अभियान भदौ २४ देखी शुरू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही भदौ २४ गतेदेखि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरू गर्ने भएको छ ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी मुख्यालय सानेपा ललितपुरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेसले उक्त अभियान सञ्चालन गर्न लागेको बताएका हुन् । दोस्रो चरणको जागरण अभियान असोज ०७ गतेसम्म देशैभर एकसाथ चल्नेछ । जननेता बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको दिन पारेर कांग्रेसले अभियानको सुरुवात गर्न लागेको र उक्त अभियानको उद्घाटन वृक्षारोपण गरेर शुरू हुनेछ ।

करिब १५ दिन सञ्चालन हुने दोस्रो चरणको जागरण अभियानमा पूर्वघोषणा अनुरूप ७७ वटै जिल्लाका निर्वाचन क्षेत्र केन्द्रीत अभियान सम्पन्न गर्ने योजना रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

जागरण अभियानका क्रममा ३३० वटा क्षेत्रहरूमा केन्द्रीय प्रतिनिधिहरू परिचालन हुनेछन् । अभियानको अन्तिम दिन असोज ०७ गते जिल्लास्तरीय विरोध प्रदर्शनहरू समेत सञ्चालन गर्ने प्रवक्ता शर्माले बताएका छन् ।

राष्ट्रिय जागरण अभियानका १५ उद्देश्यहरू जस्ताको तस्तैः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित
२०८३ असार १२, शुक्रबार
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
२०८३ असार १२, शुक्रबार
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
२०८३ असार १२, शुक्रबार
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
२०८३ असार १२, शुक्रबार
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८३ असार १२, शुक्रबार
विश्वकप २०२६ : जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर नकआउट चरणमा प्रवेश
२०८३ असार १२, शुक्रबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १२, शुक्रबार