असोज ११, २०८३ आइतबार September 27, 2026

आइपिएलमा कोलकाले हैदराबादलाई ७ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलअन्तरगत गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ । जारी आइपिएलमा पहिलो कोलकत्ताका लागि यो पहिलो जित हो । भने हैदराबादको लगातार दोस्रो हार हो ।

शेख जायद स्टेडियममा हैदराबादले दिएको १४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । कोलकत्ताको जितमा शुभमन गिलले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इयान मोर्गनले अविजित ४२ रन बनाए ।

नितिस रानाले २६ रन जोड्दा कप्तान दिनेश कार्तिक र सुनिल नारिन खाता नखोल्दै पेभेलियन फर्किए । हैदराबादका खलिल अहमेद, राशिद खान र टी नटराजनले १र१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाएको थियो ।

हैदराबादका लागि मनिस पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान डेभिड वार्नरले ३६ रन जोड्दा जोनी बेयस्र्टो ५ रनमा आउट भए । रिद्धिमान शाहले ३० तथा मोहमद नाबीले अविजित ११ रन बनाए । जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया