काठमाण्डाैंः यो साता मात्रै कोरोना संक्रमणबाट थप २१ नेपालीले विदेशमा ज्यान गुमाएका छन् ।
यसरी ज्यान गुमाउनेहरुमा कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा एकजना, युगान्डामा एकजना गरी शनिबार साँझसम्म २१ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । साथै १७ देशमा रहेका २६५ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ नेपाली कोरोनाबाट संक्रमति भएका हुन । तीमध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण निको भएका छन । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।
यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोनाको संक्रमण देखिएको समितिका संयोजक डा. संजीव सापकोटाकाले जानकारी दिए ।
कोरोनाकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७३२ जनाको मृत्यु भएको छ । विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ८८ हजार ९१ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया