असार २३, २०८२ सोमबार July 7, 2025

बबई बहुमुखी क्याम्पस प्रमुखको कोरोना संक्रमणका कारण मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियाका क्याम्पस प्रमुखक विनोद कुमार अग्रवालको शनिबार कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

फोक्सोको क्यान्सर उपचारत क्याम्पस प्रमुखको कोरोना संक्रमण बाट मृत्यु भएको हो । उपचारको लागि भेरी अस्पताल बांके नेपालगन्जमा लैजाँदै गर्दा उनको मृत्यु भएको स्वास्थ्य कर्मिले जनाएका छन् । केही दिन अघि उनि भारतको दिल्लीमा क्यान्सरको नियमित उपचारका लागि गएका र फर्केपछि स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।

साथै मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शोक मन्तव्य निकाल्दै क्याम्पस प्रमुखक विनोद कुमार अग्रवालको अल्पआयुमा भएको असामयिक निधनले विश्वविद्यालय मर्माहित भएको र एक कुशल शैक्षिक तथा प्रशासनिक नेतृत्व गुमाएको उक्त मन्तव्यमा व्यक्त गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया