श्रावण १७, २०८३ आइतबार August 2, 2026

सुदूरपश्चिम सरकारद्वारा अस्पताल अध्यक्ष नियुक्ति, विभिन्न ऐन–नियम संशोधन तथा कार्यक्रम स्वीकृत

प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको ऐन २०७५ को अनुसूची २ हेरफेर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले दुई जिल्ला अस्पतालमा अध्यक्ष नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला अस्पताल डोटी र अछामको अध्यक्ष नियुक्त गरेको हो ।

डोटी अस्पतालमा डोटीका भरत बोहरा र अछाम अस्पतालमा अछामका लीलाराज केसी नियुक्त भएका छन् ।

त्यस्तै खेलकुद परिषद् सदस्यमा पनि कञ्चनपुरका लीला बोहरा, कञ्चनपुरकै काशीराम बोहरा र बैतडीका पूर्ण बहादुर टेर नियुक्त भएका छन् ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रlपरिषद्को परिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५को अनुसूची हेरफेर गरिएको छ भने सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन सञ्चालन नियमावली २०२ समेत स्वीकृत गरिएको छ ।

स्वकीय सचिवालयका कर्मचारीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी निर्णय गरिएको छ भने प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको ऐन २०७५ को अनुसूची २ हेरफेर गरिएको छ ।

मन्त्रlपरिषद् बैठकले अस्थायी प्रहरी चौकी हिमाली गाउँपालिका बाजुराको भवन निर्माण सम्बन्धी कार्यक्रमलाई सशर्त अनुदानको रूपमा हिमाली गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सवारी साधन खरिद तथा प्रयोग सम्बन्धी निर्देशिका र वित्तीय हस्तान्तरण गर्ने र सुदूरपश्चिम जनता आवास कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय समेत गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण
२०८३ श्रावण १७, आइतबार
दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी
२०८३ श्रावण १७, आइतबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्
२०८३ श्रावण १७, आइतबार
रास्वपा बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी
२०८३ श्रावण १७, आइतबार
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान
२०८३ श्रावण १७, आइतबार
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
२०८३ श्रावण १७, आइतबार
तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस् राशिफल
२०८३ श्रावण १७, आइतबार