काठमाण्डाैंः आफ्नै गाउँका एक जनाको हत्या गरी फरार भएका लिशङ्खुपाखर गाँउपालिका–७ का एकजना ३४ वर्षपछि पक्राउ परेका छन् ।
फुर्पा तामाङले विसं २०४३ असोज २० गते दशैंको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीया जोगलाल तामाङको हत्या गरी फरार भएका थिए । फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठहर गरी सजाँय तोकेको थियो । सजाँय तोकेको ३४ वर्षपछि जिल्ला प्रहरी कार्यालय, चौतारा र प्रहरी चौकी, लामोसाँघुबाट खटएिको टोलीले आईतबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया