भाद्र २, २०८३ मंगलबार August 18, 2026

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

पत्रकारले नागरिकका समस्या सरकारसँग र सरकारका काम जनतासम्म पुर्याउने पुलको काम गर्दै आएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढोरपाटन (बागलुङ), २० चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आजदेखि बागलुङमा सुरु भएको मिडिया मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पत्रकारिता थप सुदृढ र प्रभावकारी बन्नुपर्ने बताउनुभयो ।

सरकारले बाटो बिराउन खोजे पत्रकारितामार्फत खबरदारी जरुरी रहेको उहाँको भनाइ थियो । पत्रकारले नागरिकका समस्या सरकारसँग र सरकारका काम जनतासम्म पुर्याउने पुलको काम गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “पत्रकारितालाई थप व्यवस्थित गर्न जरुरी छ, अहिले ‘सोसल मिडिया’का कारण समाजमा सत्यभन्दा असत्य समाचारले स्थान पाउन थालेका छन्, यसले जनतामा भ्रम छर्ने र सही सूचना पाउनबाट वञ्चित गरेको छ, अब पत्रकार सत्यमा आधारित भएर पत्रकारितालाई सृदृढ बनाउन जरुरी छ ।”

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले पत्रकारिताको वृत्ति विकास पत्रकारको क्षमता विकासका लागि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया