मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज (पर्सा), २१ चैतः प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा गण्डकीले कोशी प्रदेशलाई ३९ रनले पराजित भएको छ ।

वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुरुआती ‘ब्याटिङ’ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा सात ‘विकेट’ गुमाउँदै २२७ रन जोडेको थियो । आजको खेलमा गण्डकीका तर्फबाट अर्जुन कुमालले १०२ ‘रन’ जोडेका थिए भने विपिन खत्रीले ७६ रन जोडेका थिए । कोशी प्रदेशका तर्फबाट दिपेश कँडेलले चार विकेट र सुजन थपलियाले एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको कोशी ५० ओभरमा नौ ‘विकेट’को क्षतिमा १८८ रनमा सीमित रह्यो । कोशी प्रदेशका तर्फबाट दिपेश कँडेलले ५२ रन र आशिष मगरले ३० रन जोडेका थिए । गण्डकी प्रदेशका सिव्रिन श्रेष्ठले तीन विकेट र अपराजित पौडेलले दुई विकेट लिएका थिए । आजको खेलमा गण्डकी प्रदेशका अर्जुन कुमाल ‘म्यान अफ दी म्याच’ घोषित भएका थिए ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार