भाद्र १, २०८३ सोमबार August 17, 2026

सबै राष्ट्रसँग मैत्रीपूर्ण र सन्तुलित सम्बन्ध कायम गरिन्छ: परराष्ट्रमन्त्री

सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध कायम गर्ने वर्तमान सरकारको नीति रहेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ I परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँले सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध कायम गर्ने वर्तमान सरकारको नीति सुनाउनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीले अपराधमुक्त  समाज निर्माणका लागि समुदायसँग मिलेर प्रहरीले काम गरिरहेको  बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको खानेपानी समस्या समाधानका निम्ति नगरपालिकाले सरकारबाट सहयोग चाहेको बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीकी नेत्री कल्पना शर्माले जनताको इच्छा पूरा गर्न सरकार लाग्नुपर्ने सुझाउ दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया