मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

आइपिएलमा आज पनि दुई खेल हुँदै

आज पहिलो खेल सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्टबीच खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जारी आइपिएल अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । आज पहिलो खेल सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ ।

हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि शुरु हुँदैछ ।

सनराइजर्स हैदरावादले २ खेलमा एक जित र एक हार बेहोरेको छ । सनराइजर्सले पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा सनराइजर्सले कोलकोतालाई पराजित गरेको थियो ।

त्यस्तै लखनउले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।

त्यस्तै आज दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र चेन्नई सुपर किन्सबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुँदैछ ।

रोयल च्यालेन्जर्स बैंगलुरुले यस सिजनको पहिलो खेल जितेको छ । बैंगलुरुले पहिलो खेलमा सनराइजर्सलाई पराजित गरेको थियो ।

त्यस्तै चेन्नईले भने यस सिजनका शुरुका आफ्ना दुवै खेलमा हार बेहोरेको छ र पहिलो जितको खोजीमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार