कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

अधिवक्ता डा. नारायण कँडेल महान्यायाधिवक्तामा नियुक्त

बागलुङका कँडेल प्रधानमन्त्रीको रोजाइमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सरकारले अधिवक्ता डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । महान्यायाधिवक्तालाई सरकारको मुख्य कानुनी सल्लाहकार मानिन्छ ।

आइतबारको मन्त्रिपरिषद्ले कँडेललाई महान्यायाधिवक्ता बनाउने निर्णय गरेको हो । यस पहिले अधिवक्ता सुवास आचार्यसहितको नाम चर्चामा थियो । तर प्रधानमन्त्री बालेन्द्र शाहले बागलुङका कँडेललाई रोजेका हुन् ।

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पालामा सविता भण्डारी महान्यायाधिवक्ता थिइन् । उनी एकपछि अर्को प्रकरणमा विवादै विवादमा परेकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया