कार्तिक २२, २०८३ आइतबार November 8, 2026

नियमविपरीत भर्ना गर्ने विद्यालयमाथि कारबाही हुने शिक्षा मन्त्रालयको चेतावनी

अवैध भर्ना र शुल्क असुलीमा रोक लगाउन मन्त्रालय सक्रिय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरू हुनुपूर्व नै विद्यार्थी भर्ना नगर्न र मनपरी शुल्क असुल नगर्न निजी विद्यालयहरूलाई सचेत गराएको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानुन र सर्वोच्च अदालतको आदेशविपरीत विद्यार्थी भर्ना थालिएको भन्दै निर्देशनको अवज्ञा गरे कारबाहीको चेतावनी दिएको छ । आजको मन्त्रिपरिषद् बैठकले वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरू गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले पनि २ दिनअघि शैक्षि सत्र सुरू हुनुअघि भर्ना नलिन आदेश दिएको थियो ।

केही निजी विद्यालयहरूले शिक्षा नियमावली संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ ले तोकेभन्दा बाहिरका कुनै पनि शीर्षकमा शुल्क नउठाउन मन्त्रालयले भनिएको छ । भर्ना शुल्क तुरुन्त फिर्ता गर्न र गैरकानुनी काम हुन नदिन सम्बन्धित सबै स्थानीय तहहरूलाई अनुरोध गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया