काठमाडौँ, २४ चैत । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा को बैठक आज दिउँसो १ः०० बजे सिंहदरबार मा बस्ने भएको छ।
आजको बैठकमा सरकारले विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरेको छ। जसअन्तर्गत ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ संसद्मा पेश गरिने कार्यक्रम रहेको छ।
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला’ सम्बन्धी विधेयकले अपराध अनुसन्धानलाई वैज्ञानिक र प्रमाणमा आधारित बनाउने उद्देश्य राखेको छ। यसले अनुसन्धान प्रक्रियालाई आधुनिक प्रविधिसँग जोड्दै न्यायिक प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी ‘पर्यटन विधेयक, २०८१’ ले देशको पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको छ भने ‘चलचित्र विधेयक, २०८१’ ले नेपाली चलचित्र उद्योगलाई नियमन, प्रवर्द्धन र व्यवस्थित विकासतर्फ अघि बढाउने उद्देश्य राखेको छ।
आजको बैठकलाई यी विधेयकहरूमाथि प्रारम्भिक छलफलका दृष्टिले महत्वपूर्ण मानिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया