मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

खेलमा उत्कृष्ट प्रदर्शन गरेका इटहरीका गोलरक्षक विवस चौधरी ‘म्यान अफ द म्याच’ घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिरहा, २४ चैतः सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद सुरुआत गरेको हो ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका इटहरीका गोलरक्षक विवस चौधरी ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मधेस प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री सत्रुधनप्रसाद सिंहले खेलकुदले युवालाई अनुशासन र सकारात्मक मार्गमा डोर्‍याउने बताउनुभयो । उहाँले यस्ता स्थानीय प्रतियोगिताले लुकेका प्रतिभा उजागर गर्नुका साथै सामाजिक सद्भाव र एकता मजबुत बनाउने उल्लेख गर्नुभयो । खेल क्षेत्रको दिगो विकासका लागि राज्य र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकामा उहाँले जोड दिनुभयो ।

प्रतियोगिताअन्तर्गत आज दिउँसो २ः०० बजे सिरहाको सलहेश युवा क्लब र आयोजक गोलबजार स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यही चैत २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले रु चार लाख ४४ हजार ४४४ र उपविजेताले रु दुई लाख २२ हजार २२२ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा देशका विभिन्न स्थानका आठ टोलीको सहभागिता छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार