भाद्र १, २०८३ सोमबार August 17, 2026

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल भेट्न चिनियाँ राजदूत सिंहदरबारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ। राजदूत झाङले आज मन्त्रालय पुगेर शिष्टाचार भेट गरेका हुन्।

भेटका क्रममा दुई देशबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र साझा चासोका विविध पक्षमा छलफल भएको पराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री खनालले नेपालको आर्थिक र सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

राजदूत माओमिङले पनि आफ्नो कार्यकालमा नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास दिलाए।

मन्त्री खनालसँग हिजो भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेटवार्ता गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार