भाद्र ३, २०८३ बुधबार August 19, 2026

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर गर्ने सरकारको निर्णय

परराष्ट्रमन्त्री शिशिर खनाल तेश्रो र विराज भक्त श्रेष्ठ चौथो मर्यादाक्रममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर गर्नुभएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्‌को कार्यविभाजन तथा वरियताक्रम परिमार्जन गरिएको हो।

राष्ट्रपति कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री शाहले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ। मन्त्रिपरिषद्‌मा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री तथा विराज भक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहनुभएको छ।

त्यसैगरी सुधन गुरुङ गृह, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, तथा सोविता गौतम कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीमा रहनुभएको छ।

मन्त्रिपरिषद्‌मा सीता बादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, प्रतिभा रावल सङ्घीय मामिला तथा सामान्य प्रशासनसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहनुभएको छ।

त्यसैगरी निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी, तथा सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिसहित युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ।

यस्तै खडक राज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहँदा डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त हुनुभएको छ। गीता चौधरी कृषि तथा पशुपन्छी विकाससहित वन तथा वातावरण मन्त्री तथा दिपक कुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार