मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

गृहमा ‘सेन्ट्रल कमान्ड सिस्टम’

मातहतका निकायमा भइरहेको प्रगति विवरण पेस गर्न र क्रमशः यसलाई सबै ठाउँ लागु गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, चैत २५ गते ।शान्तिसुरक्षा र अपराध नियन्त्रण प्रभावकारी बनाउन गृह मन्त्रालयले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्ने भएको छ ।

मन्त्रालयले पहिलो चरणमा ७७ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी तथा सशस्त्र प्रहरी कार्यालयसँग सिधा सम्पर्क र समन्वय एवं सूचना आदानप्रदान गर्ने उद्देश्यले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्न लागेको जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले शान्तिसुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी जिल्लास्तरमा भइरहेका गतिविधिको प्रत्यक्ष जानकारी लिने र समन्वय तथा तत्काल निर्देशन दिने उद्देश्यले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तिसुरक्षा र अपराध अनुसन्धानमा थप प्रभावकारिता अपनाउन र भइरहेका गतिविधि तत्काल जानकारी लिई मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने उद्देश्यले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्न लागेको हो ।” उहाँले गृह मन्त्रालयमातहतका विभाग तथा कार्यालयसँग भिडियोमार्फत सिधा सम्पर्क गरी सूचना आदानप्रदान प्रत्यक्ष रूपमा गर्ने गरी कमान्ड सेन्टर विस्तार गर्ने योजना रहेको पनि बताउनुभयो । गृह मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा गृहमन्त्री सुधन गुरुङले उक्त प्रणाली तत्काल स्थापना गर्न निर्देशन दिनुभएको थियो ।

उहाँको निर्देशनपछि जिल्ला तहमा सर्वसाधारणले दिएका उजुरी र रीतपूर्वक दर्ता भएका जाहेरीका सम्बन्धमा भएको प्रगति विवरण समय समयमा फोन, एसएमएस र इमेलबाट जानकारी गराउने र उक्त निवेदन गृह मन्त्रालयको गुनासो केन्द्रमा आइपुग्ने व्यवस्था कार्यान्वयन भइसकेको छ ।

गृहमन्त्री गुरुङले जनताले आफूलाई परेको अन्यायविरुद्धमा प्रहरीमा निवेदन दिइसकेपछि सोको प्रगतिबारे बुझ्न स्वयम् धाइरहनुपर्ने अवस्था अन्त्यका लागि सो व्यवस्था लागु गर्न निर्देशन दिनुभएको थियो । सोही अनुसार प्रहरी प्रधान कार्यालयले आफ्ना इकाइमा दर्ता भएका उजुरीको विवरण तत्काल गृह मन्त्रालयमा पठाउन मातहतका कार्यालयलाई निर्देशन दिइसकेको छ । मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री गुरुङले मातहतका निकायमा भइरहेको प्रगति विवरण पेस गर्न र क्रमशः यसलाई सबै ठाउँ लागु गर्न पनि निर्देशन दिनुभएको छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम
२०८३ मंग्सिर ८, मंगलबार
हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी
२०८३ मंग्सिर ८, मंगलबार
अझै सञ्चालनमा आएन निगाले सिमेन्ट
२०८३ मंग्सिर ८, मंगलबार
प्रधानमन्त्री भारत भ्रमणमा रहेका बेलाको तस्बिर सामाजिक सञ्जालमा भाईरल
२०८३ मंग्सिर ८, मंगलबार
भेरी अस्पतालमा न्यूरो र प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालन
२०८३ मंग्सिर ८, मंगलबार
सुनकोशी-मरिण आयोजनाको कागजात बुझाउन लेखा समितिको निर्देशन
२०८३ मंग्सिर ८, मंगलबार
प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा भक्तजनको घुइँचो
२०८३ मंग्सिर ८, मंगलबार