असार ३०, २०८३ मंगलबार July 14, 2026

पीएम कपमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले हरायो

कोशी प्रदेशमाथि बागमती ७ विकेटले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । बागमती प्रदेशले जारी पीएम कप अन्तर्गत कोशी प्रदेशलाई पराजित गरेको छ । बुधबार जनकपुरमा सम्पन्न खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

कोशी प्रदेशले दिएको १०० रनको लक्ष्य पछाएको बागमतीले ९ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बागमतीका लागि बिबेक मगरले अविजित ६१ रन बनाएका थिए भने रिंगजिन लामाले १७ र प्रतिस जिसीले १७ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले २८.२ ओभरमा अल आउट हुदै ९९ रन मात्र बनाएको थियो । कोशीका लागि कप्तान सुजन थपलियाले २१, अंकित सुबेदीले १९ र रोहण शाहले १८ रन बनाएका थिए । त्यस्तै बागमती प्रदेशका सन्दीप लामिछानेले ५ विकेट लिएका थिए भने रिजन ढकालले २ विकेट लिएका थिए ।

यो जितपछि बागमती प्रदेशको ७ खेलमा ६ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै कोशी प्रदेशको भने ७ खेलमा यो छैटौं हार हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया