श्रावण १६, २०८३ शनिबार August 1, 2026

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ढुङ्गे बगैँचा

पहिलो पटक यहाँ पुग्नेहरु चट्टानका अनौठा बनावट देखेर आश्चर्यचकित हुने गरेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अर्घाखाँची। यहाँको सन्धिखर्क नगरपालिका–११ डिभर्नास्थित प्राकृतिक चट्टानले बनेको ढुङ्गे बगैँचा अर्थात ‘रक गार्डेन’ पछिल्लो समय जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ।

प्राकृतिक रूपमै कुँदिएका जस्तो देखि विशाल चट्टानका यी अनौठा संरचना, ढुङ्गे बगैँचाका रुपमा फैलिएको भू–आकृति, चिसो स्वच्छ हावा र क्षणक्षणमा बदलिने मौसमले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउने गरेको छ। पहिलो पटक यहाँ पुग्नेहरु चट्टानका अनौठा बनावट देखेर आश्चर्यचकित हुने गरेका छन्।

कतै मानव हातले कलात्मक रूपमा कुँदिएको जस्तो, कतै योजनाबद्ध रूपमा सजाइएको फूलबारीझैँ देखिने ती चट्टानहरू वास्तवमा प्रकृतिको अनुपम सिर्जनाका रूपमा छन्।

पछिल्लो समय ढुङ्गे बगैँचा घुम्न आउनेको सङ्ख्या बढेको सन्धिखर्क नगरपालिका–११ का वडा अध्यक्ष चेतनारायण आचार्यले बताए। “प्रकृतिको अनुपम उपहारका रूपमा रहेको यो क्षेत्रलाई अझ व्यवस्थित बनाउन हामीले पूर्वाधार विकासमा जोड दिएका छौँ”, उनले भने।

यहाँ शौचालय, विश्रामस्थल तथा मन्दिर निर्माण गरिएको छ। रक गार्डेनको प्रचारप्रसारलाई प्राथमिकतामा राख्दै स्थानीय तहले दीर्घकालीन पर्यटन विकास रणनीति पनि तयार पारिरहेको जनाएको छ। ढुङ्गे बगैँचालाई उचित प्रचारप्रसार र संरक्षण गर्न सके यो स्थान नगरकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने स्थानीय युवा नारायण आचार्यले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया