असार ३०, २०८३ मंगलबार July 14, 2026

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत २९ गते हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धरान (सुनसरी), २६ चैत : चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा पुगेको छ । यहाँको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जारस्थित जडेज खेलमैदानमा जारी गोल्डकपको आजको खेलमा आयोजक टिम न्यू स्टार फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै चित्लाङ सेमिफाइनलमा पुगेको हो ।

यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत २९ गते हुनेछ । प्रतियोगिताको विजेताले चार लाख नगदसहित ट्रफी तथा उपविजेताले दुई लाख नगदसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया