श्रावण ३०, २०८३ शनिबार August 15, 2026

विमानस्थलमा भीड नियन्त्रण गर्न एक यात्रुसँग तीन जनामात्र आउन आग्रह

अनावश्यक भीडले सुरक्षा चुनौती थपिने र स्वदेशी तथा विदेशी हवाइ यात्रुको आवागमनमा असुविधा पुगेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल नागरिक उड्डयन, त्रिभुवन विमानस्थल कार्यालयले सूचना जारी गर्दै एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन भनेको छ ।

एक जना यात्रुको बिदाइमा १० जनासम्म विमानस्थल पुग्दा विमानस्थल हाताभित्र अत्यधिक भिडभाड हुने गरेको भन्दै सो कार्यालयले कम आफन्त आएर सहयोग गर्न अनुरोध गरेको हो ।

विमानस्थल प्रशासनले पटक पटक सूचना निकाल्दै यस्तो अनुरोध गर्दै आएको भएपनि त्यसको प्रभाव भने देखिएको छैन ।

अनावश्यक भीडले सुरक्षा चुनौती थपिने र स्वदेशी तथा विदेशी हवाइ यात्रुको आवागमनमा असुविधा भएको समेत विमानस्थल व्यवस्थापनले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार