काठमाण्डौं । होटल, आल्मुनियम तथा यातायात क्षेत्रमा सफल युवा व्यवसायी सन्तोष उप्रेती होटल व्यवसायी महासंघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। यस्तै नुवाकोटका अर्का युवा व्यवसायी आर.एस. अधिकारी महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्।
महासंघको १३औँ साधारणसभा तथा ५औँ महाधिवेशनबाट उप्रेती वरिष्ठ उपाध्यक्ष र अधिकारी केन्द्रीय सदस्य पदमा निर्विरोध चयन भएका हुन्। उनीहरूको निर्विरोध चयनले नुवाकोटको व्यवसायिक समुदायमा उत्साह र गर्वको भावना थपिएको छ।
व्यवसायिक क्षेत्रमा दीर्घ अनुभव, नेतृत्व क्षमता र सक्रिय योगदानका कारण दुवै जनालाई महासंघमा महत्वपूर्ण जिम्मेवारी दिइएको हो। होटल व्यवसायसँगै विभिन्न क्षेत्रमा उनीहरूको संलग्नताले समग्र व्यवसायिक वातावरण सुधार र विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित नेतृत्वलाई विभिन्न व्यवसायी, शुभेच्छुक तथा संघ–संस्थाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूको दूरदृष्टि र योजनाले होटल व्यवसाय क्षेत्रको संस्थागत विकास, सेवा गुणस्तर वृद्धि तथा व्यवसायीहरूको हित संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया