असोज ११, २०८३ आइतबार September 27, 2026

आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरको दोस्रो जितसँगै तेस्रो स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दोस्रो जित निकालेको छ । गएराति यूएई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बेङ्ग्लोरले दोस्रो जित निकालेको हो ।

बेङ्ग्लोरले दिएको २ सय २ रनको लक्ष्यमा मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बेङ्ग्लोरले बिना विकेटको क्षति ११ रन बनायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

जितसँगै तालिकाको तेस्रो स्थानमा उक्लिएको बेङ्ग्लोरको ४ अंक भएको छ । हारेको मुम्बईको २ अंक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया