असार २२, २०८२ आइतबार July 6, 2025

दशैं आयोः ५२ ठाउँमा सुपथ पसल, उपत्यकामा अनलाइन सपिङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं उपत्यकासहित देशभरमा दशैँलक्षित सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । यसपटक निजीक्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैँलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त सञ्चालनमा उपत्यकासहित कम्तीमा ५२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका देशभरका मुख्य कार्यालय, सात वटा प्रादेशिक कार्यालय, पाँच वटा मुख्य शाखा कार्यालय, २३ वडा शाखा कार्यालय तथा १६ वटा डिपो कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । साल्ट ट्रेडिङको सबै आउटलेटमा पनि सहुलियत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सहुलियत पसल सञ्चालनको निर्णय र मोडालिटीको बारेमा आज बस्ने बैठकले निर्णय गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

सहुलियत पसल बाहेक खाद्य र साल्ट ट्रेडिङबाट यस वर्षको दशैँमा सहुलियत घुम्ती पसल सेवा पनि सञ्चालन गर्ने कम्पनीको भनाइ छ । त्यस्ता पसलमा नुन, चामल, चिनी, गेडागुडीदेखि खसी बोकासमेत छुट मूल्यमा पाइनेछ ।

अघिल्लो वर्ष दशैँ असोजको पहिलो साता नै भएकाले भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइएको थियो । उपत्यकामा तीन वटा घुम्ती पसलसहित साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले सञ्चालन गर्ने गरी देशभर ७३ वटा पसल सञ्चालन गरेको थियो । यसअघिका वर्षमा पहाडी तथा हिमाली जिल्लामा सुपथ मूल्य पसलहरु सञ्चालन गरेकोमा यो बर्ष तराईमा समेत पसल सञ्चालनको तयारीमा कम्पनी लागेको छ ।

उपत्यकामा अनलाइन सपिङ

काठमाडौँको थापाथली, सुर्यविनायक, रामशाह पथ, लगनखेल, नख्खुबाट अनलाइन सपिङ गर्न सकिने व्यवस्था गरेको छ । पसलमा सुपथ मूल्यमा नुन, चामल, चिनी, गेडागुडी किनमेल गर्न पाउने सूचना अधिकारी सुवेदीले बताउनुभयो । काठमाडौँ चक्रपथभित्र निशुल्क होम डेलिभरीको समेत व्यवस्था भएको उहाँले बताउनुभयो । आजको बैठकले देशभरिका सुपथ मूल्य पसल डिपो तथा शाखा कार्यालयबाट सुपथ मूल्यमा सामान खरिद गर्न सकिने सुवेदीले बताउनुभयो ।

दाङ र हेटौँडाका खसीबोका बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँलाई लक्ष्य गर्दै यो वर्ष तीन हजार खसी बोका खरिद गरेर बिक्री गर्ने भएको छ । त्यसका लागि ढुवानीकर्ता छनौट भैसकेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । खसी बोकाको बिक्री काठमाडौँमा मात्रै हुने गरेको छ । हरेक वर्ष खसी–बोका किनेर सर्वसुलभ रूपमा बिक्री गर्दै आएको संस्थानले यो वर्ष तीन हजार खसी–बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो । यो वर्ष कात्तिक १ गतेदेखि खसीबोका बिक्री सुरु गर्ने अनुमान गरिएको छ ।

संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसी–बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख सुवेदीले बताउनुभयो । संस्थानले हरेक वर्ष दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यसपटक खाद्यले खसी–बोका खरिदका लागि अनुमानित पाँच करोड ९९ लाख ८६ हजार रुपियाँ बजेट छुट्याएको छ । खसी बोका दाङ र हेटौँडाबाट ल्याउने तयारी संस्थानले गरेको छ । गतवर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल पाँच करोड ९८ लाख ८२ हजार रुपियाँ बजेट छुट्याएको खबर आजको गोरखापत्रले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार