असोज ११, २०८३ आइतबार September 27, 2026

आर्सनलमाथि लिभरपुलकाे सानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । सोमबार रातिको खेलमा लिभरपुलले आर्सनललाई ३-१ ले पराजित गरेको हो ।

एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुललाई जिताउन फरवार्ड साडियो माने, एन्ड्रिउ रोबर्टसन र डिएगो जोटाले गोल गरे ।

खेलको २५औं मिनेटमा एलेक्सान्डर लाकाजेटको गोलबाट आर्सनलले अग्रता लिन सफल भयो । २८औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । ३४औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए ।

८०औं मिनेटमा मानेको स्थानमा मैदान छिरेका जोटाले ८८औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए । लगातार तेस्रो जितसँगै लिभरपुल ९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित आर्सनल ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया