श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आजको कारोबारमा चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, चैत ३० गते ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४.१८ अङ्कले घटेर दुई हजार ८३३.६० बिन्दुमा कायम भएको हो ।

आज ३४२ कम्पनीको दुई करोड एक लाख ६३ हजार ७९३ कित्ता सेयर एक लाख एक हजार १८० पटक खरिदबिक्री हुँदा आठ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ ०.४७, विकास बैंक ०.५५, वित्त ०।२९, जीवन बीमा ०.४६, लघुवित्त ०.४२, व्यापार ०.२१ र अन्य समूह १.६२ प्रतिशतले घटेको छ ।

अरु सबै समूहको उपसूचक बढेको छ । आज होटल तथा पर्यटन १.०२, जलविद्युत् ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४०, म्युचुअल फन्ड ०।३६ र निर्जीवन बीमा ०.४६ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १५, शुक्रबार
विभिन्न स्थानबाट लागु औषधसहित २५ जना पक्राउ
२०८३ श्रावण १५, शुक्रबार
धार्मिक सद्भाव कायम राख्न प्रहरी आईजीपी दानबहादुर कार्कीको अपिल
२०८३ श्रावण १५, शुक्रबार
सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता
२०८३ श्रावण १५, शुक्रबार
राष्ट्रियसभाको बैठक आज बस्दै
२०८३ श्रावण १५, शुक्रबार
आजको मौसम : तीन प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुने
२०८३ श्रावण १५, शुक्रबार
राष्ट्र बैंकले आज कति तोक्यो विदेशी मुद्राको विनिमयदर ?
२०८३ श्रावण १५, शुक्रबार