बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

लुङ्गिनमा ‘एक टोल, एक खेलमैदान’

वडाले आगामी दिनमा खेलकुद सामग्री व्यवस्थापन, मैदान स्तरोन्नति तथा अन्य खेल पूर्वाधार विकासलाई समेत निरन्तरता दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोजपुर । हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा खेलमैदान निर्माण गरिएको छ । खेलकुद क्षेत्रको विकास तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ अभिप्रेरित गर्ने उद्देश्यले यहाँका १५ टोलमा व्यवस्थित भलिबल मैदान निर्माण गरिएको हो ।

स्थानीय सरकारले ‘एक टोल, एक खेलमैदान’ भन्ने अवधारणालाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि बढाएको हो । यस कार्यक्रममार्फत गाउँका हरेक टोलमा खेल पूर्वाधार विस्तार गरिँदा युवाहरूलाई आफ्नै ठाउँमा खेल अभ्यास गर्न सहज वातावरण बनेको छ ।

हतुवागढी–२ वडाध्यक्ष विचारी थापाका अनुसार खेलकुदको विकाससँगै युवाहरूमा स्वस्थ जीवनशैलीको प्रवर्द्धन, लागुपदार्थ दुर्व्यसनबाट टाढा राख्ने तथा सामाजिक एकता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

मैदान निर्माणपछि स्थानीय युवाहरूमा उत्साह उल्लेखनीय रूपमा बढेको छ । बिहान–बेलुका नियमित रूपमा भलिबल खेलिने गरेको छ भने विभिन्न टोलबीच मैत्रीपूर्ण प्रतियोगिता पनि सञ्चालन हुन थालेका छन् । यसले गाउँमा आपसी सम्बन्ध सुदृढ बनाउन र सामाजिक सद्भाव कायम गर्न सहयोग पुगेको स्थानीयवासी बताउँछन् ।

यस्तै, खेलमैदान निर्माणसँगै भविष्यमा वडा तथा गाउँपालिकास्तरका प्रतियोगिता आयोजना गर्ने तयारीसमेत गरिएको छ । यसबाट लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गरी जिल्ला तथा प्रदेशस्तरसम्म पुर्याउने लक्ष्य लिइएको वडाले जनाएको छ ।

वडाले आगामी दिनमा खेलकुद सामग्री व्यवस्थापन, मैदान स्तरोन्नति तथा अन्य खेल पूर्वाधार विकासलाई समेत निरन्तरता दिने योजना बनाएको छ । स्थानीयस्तरमै खेलकुदको विकासले समग्र गाउँको सामाजिक तथा शारीरिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने स्थानीयको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार
स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिइने
२०८३ बैसाख ४, शुक्रबार
ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको निर्णयमा संगठनहरूको ध्यानाकर्षण
२०८३ बैसाख ४, शुक्रबार
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
२०८३ बैसाख ४, शुक्रबार