काठमाण्डौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।
उक्त बैठक अपराह्न ४ः३० बजे सुरु हुने जनाइएको छ । हिजो ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा पत्र सार्वजनिक गरेको सरकारले आजको बैठकबाट केही महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णय लिनसक्ने अनुमान गरिएको छ ।
सरकारको आगामी कार्यदिशा, समसामयिक राजनीतिक विषय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित एजेन्डामाथि छलफल हुने बताईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया