असार ३०, २०८३ मंगलबार July 14, 2026

महिला क्रिकेट टोली रुवान्डातर्फ

डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली विजेता बन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २ वैशाखः नेपाली महिला क्रिकेट टोली रुवान्डामा आयोजना हुन लागेको आइसिसी महिला च्यालेन्ज ट्रफिमा सहभागिता जनाउन आज त्यसतर्फ प्रस्थान गरेको छ । उक्त टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।

यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, भानुआटु र इटालीको सहभागिता रहने छ ।

नेपालले यही वैशाख ५ गते अमेरिकासँग पहिलो खेल खेल्ने तालिका छ ।

नेपालले दोस्रो खेल वैशाख ६ गते इटलीसँग, तेस्रो खेल वैशाख ९ गते रुवान्डासँग, वैशाख ११ गते भानुआटुसँग, वैशाख १३ गते अमेरिकासँग, वैशाख १५ गते रुवान्डासँग, वैशाख १७ गते भानुआटुसँग तथा वैशाख १८ गते  इटालीसँग खेल्नेछ ।

डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ ।

नेपाली टोलीमा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतोसहित रुवि पोदार, रोमा थापा, बिन्दु रावल, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनिषा उपाध्याय तथा टोलीको मुख्य प्रशिक्षकमा हषर्ल पाठक रहेका क्यानले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया