श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।

आज ३४४ कम्पनीको दुई करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर एक लाख २३ हजार ३५९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५३ करोड ७० लाख आठ हजार ७९६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ एक दशमलव ३०, विकास बैङ्क एक दशमलव ५३, वित्त एक दशमलव २१, होटल तथा पर्यटन तीन दशमलव १६, जलविद्युत् दुई दशमलव १४ र लगानी समूह शून्य दशमलव ८९ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बीमा शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ११, लघुवित्त शून्य दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ५६, निर्जीवन बीमा शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले बढेको छ । आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनसरी घटनाः सरकार र पीडित परिवारबीच सातबुँदे सहमति
२०८३ श्रावण १५, शुक्रबार
ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन
२०८३ श्रावण १५, शुक्रबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १५, शुक्रबार
राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १५, शुक्रबार
विभिन्न स्थानबाट लागु औषधसहित २५ जना पक्राउ
२०८३ श्रावण १५, शुक्रबार
धार्मिक सद्भाव कायम राख्न प्रहरी आईजीपी दानबहादुर कार्कीको अपिल
२०८३ श्रावण १५, शुक्रबार
सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता
२०८३ श्रावण १५, शुक्रबार