श्रावण ३०, २०८३ शनिबार August 15, 2026

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता

नेपालको आर्थिक तथा सामाजिक विकासमा पु¥याइँदै आएको सहयोग र आगामी दिनमा दुईपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

उक्त भेटघाटमा महामहिम राजदूतले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, नेपाल–जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, जापान सरकारद्वारा नेपालको आर्थिक तथा सामाजिक विकासमा पु¥याइँदै आएको सहयोग र आगामी दिनमा दुईपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा सारगर्भित छलफल भएको थियो।

भेटका क्रममा गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुङ्गा सुरुङमार्गसहित विभिन्न पूर्वाधार आयोजनाको प्रगतिप्रति चासो व्यक्त गर्दै यस्ता परियोजनाले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरे।

त्यसैगरी, उनले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका क्षेत्रमा नेपाल र जापानबीच थप प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि र अनुभव आदानप्रदान आवश्यक रहेको औँल्याए। साथै, विपद् व्यवस्थापनसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि नेपालमा विश्वविद्यालय स्थापना गर्न जापानको प्राविधिक सहयोग र ज्ञान हस्तान्तरण आवश्यक रहेको धारणा पनि व्यक्त गरे।

गृहमन्त्री गुरुङले जापानमा शिक्षा, रोजगारी तथा अन्य क्षेत्रमा अवसर प्राप्त गरेका नेपालीप्रति जापानी सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे।

जवाफमा राजदूत मायदा तोरुले नेपालीहरू जापानी समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै नेपाल–जापान आप्रवासन सहकार्यलाई अझ व्यवस्थित र सुदृढ बनाउन जापान सरकार प्रतिबद्ध रहेको बताए।

भेटवार्तामा पर्यटन क्षेत्रलाई दुई देशबीचको सहकार्यको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको थियो। विशेषगरी लुम्बिनी क्षेत्रको दिगो पर्यटन विकास तथा नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि रणनीतिक साझेदारी आवश्यक रहेकोमा जोड दिइएको थियो।

दुवै पक्षले नेपाल–जापान सम्बन्धलाई अझ सुमधुर, सुदृढ र विस्तार गर्दै लैजान प्रतिबद्धता व्यक्त गर्दै भेटघाट सम्पन्न भएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार