श्रावण ३१, २०८३ आइतबार August 16, 2026

अर्थतन्त्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्छौंः अर्थमन्त्री वाग्ले

पुँजीको विकास, रोजगारीको समस्या, बढ्दो मूल्यवृद्धि न्यूनीकरण गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ वैशाखः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आमनागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी बजेट केन्द्रित गरिने बताउनुभएको छ ।

नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) का प्रतिनिधिमण्डलसँगको छलफलमा आज उहाँले उद्यमशीलताको प्रवर्द्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी हाल देखिएका चुनौतीलाई सम्बोधन गरिने बताउनुभयो ।

अर्थमन्त्री डा वाग्लेले  पुँजीको विकास, रोजगारीको समस्या, बढ्दो मूल्यवृद्धि न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उद्यमशीलताको प्रवर्द्धन र स्वदेशी उत्पादन वृद्धिमार्फत आत्मनिर्भर तथा सबल अर्थतन्त्र निर्माण गर्न सरकार सञ्चार क्षेत्रको सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा वाग्लेले  मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न सबै जिम्मेवार हुने पर्ने भन्दै रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रतिनिधिमण्डलले सरकारले सबै सञ्चारमाध्यमको विकासका लागि सन्तुलित नीति अगाडि सानुपर्ने माग गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार