बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

च्याम्पियन्स लिग सेमिफाइनल समीकरण पूरा, आर्सनल–पीएसजीसहित चार टोली अन्तिम चारमा

सेमिफाइनलका पहिलो खेलका खेलहरु अप्रिल २९ र ३० मा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइन समीकरण पूरा भएको छ ।

बुधबार मध्यरातमा क्वाटरफाइनल अन्तर्गतका दोस्रो लेगका खेलहरु सम्पन्न भएसँगै सेमिफाइन खेल्ने चारै टोलीको टुंगो लागेको हो ।

इंग्लिस टोली आर्सनल, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी), जर्मन क्लब बायर्न म्युनिख र स्पेनी क्लब एट्लेटिको मड्रिडले सेमिफाइनलमा स्थान बनाए । आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग गोलरहित बराबरी खेल्दै समग्रमा १–० को नतिजासहित सेमिफाइनमा स्थान बनायो ।

यस्तै, निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बायर्न म्युनिखले स्पेनी महारथी रियल मड्रिडलाई ४–३ ले हराउँदै समग्रमा ६–४ को नतिजासहित सेमिफाइनलको टिकट काट्यो । खेलको सुरुवाती मिनेटमा नै अर्दा गुलेरले गोल गर्दै पाहुना टोली रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

छैटौं मिनेटमा अलेक्जान्डर पाभ्लोभिचले गोल फर्काउँदै बायर्नलाई १–१ को बराबरीमा ल्याए । २९ औं मिनेटमा गुलेरले दोस्रो गोल थप्दै रियललाई १–२ ले अघि बढाउँदा एग्रिगेटमा ३–३ को बराबरी भएको थियो ।

३८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै बायर्नलाई पुनः बराबरीमा फर्काए । ४२ औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियललाई २–३ ले अघि बढाए ।

८६ औं मिनेटमा एडवार्डो कामाभिंगाले रातो कार्ड खाएपछि रियल १० खेलाडीमा समेटियो । ८९ औं मिनेटमा लुईस डियाजले तथा ९०ङ४ औं मिनेटमा माइकल ओलिसेले गोल गर्दै बायर्नलाई ४–३ को जित दिलाउँदा टोलि एग्रिगेटमा ६–४ को स्थितिमा रह्यो ।

यसअघि मंगलबार एट्लेटिको बार्सिलोनासँग १–२ ले पराजित भएपनि समग्रमा ३–२ को नतिजासहित सेमिफाइनलमा पुग्दा साविक विजेता पिएसजीले लिभरपुलमाथि २–० को जित निकाल्दै समग्रमा ४–० को नतिजासहित सेमिफाइनलमा स्थान बनायो ।

सेमिफाइनलमा कसको प्रतिद्वन्द्वी को ?

सेमिफाइनलका पहिलो खेलका खेलहरु अप्रिल २९ र ३० मा हुनेछ । जहाँ पिएसजीले बायर्नसँग प्रतिस्पर्धा गर्दा आर्सनल र एट्लेटिको मड्रिड भिड्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार
स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार बिदा दिइने
२०८३ बैसाख ४, शुक्रबार
ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको निर्णयमा संगठनहरूको ध्यानाकर्षण
२०८३ बैसाख ४, शुक्रबार
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
२०८३ बैसाख ४, शुक्रबार