बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

प्रहरी महानिरीक्षक दानबहादुर कार्की र काठमाण्डौंका कार्यवाहक मेयरबीच भेटवार्ता

काठमाडौं महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ वैशाखः काठमाडौँका सडक र सहरी सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच आज भेट भएको थियो । सो भेटमा काठमाडौँभित्रका सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापन थप बलियो बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ ।

कार्यवाहक प्रमुख डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र उपयोग, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सडक मानवमुक्त बनाउने अभियानलगायत विषयमा महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्न चाहेको बताउनुभयो ।

भेटमा प्रहरी महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सुरक्षा सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताउनुभयो । “उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकाका काममा समन्वय हुनेछ, यसका लागि हामीले ‘फोकल पर्सन’ तोकेका छौँ,” महानिरीक्षक कार्कीले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार