श्रावण ३१, २०८३ आइतबार August 16, 2026

कृषि विकासमा सहकार्य विस्तारबारे मन्त्री चौधरी र एडीबीबीच छलफल

लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड काउचोइसले भेटवार्ता गरेका छन्। कृषि मन्त्रालयमा भएको भेटमा उनीहरूबीच कृषि क्षेत्रको विकास, लगानी विस्तार, सहकार्य सुदृढ गर्नेलगायत विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।

सो अवसरमा मन्त्री चौधरीले अबदेखि दातृ निकायको लगानी आयोजनामा प्रशासनिक लागत कम गर्ने उद्देश्यले पाँचतारे होटलमा कार्यक्रम नराख्ने बताइन्। उनले लक्षित सामुदायिक र क्षेत्रमा सो रकम लगानी गर्नुपर्नेमा जोड दिइन्। उनले कृषि आधुनिकीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा समग्र आर्थिक सामाजिक विकासमा एडिबीको निरन्तर सहयोगको प्रशंसा गरिन्।

हाल सञ्चालनमा रहेका उच्च मूल्यका कृषि बाली तथा फलफूल विकाससम्बन्धी परियोजनाहरूका विषयमा छलफल भएको थियो। त्यस्ता कार्यक्रमबाट प्राप्त उपलब्धि सकारात्मक भए पनि कार्यान्वयनका क्रममा देखिएका नीतिगत तथा प्रक्रियागत चुनौती समाधान गर्नुपर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

साथै बीउविजन र नर्सरी व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्दै परियोजना कार्यान्वयनलाई थप प्रभावकारी र द्रूत बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले बताइन्। सो अवसरमा एडिबीले प्रस्ताव गरेको नेपाल हरित तथा उत्थानशील वित्तीय सुविधालाई मन्त्रालयले सकारात्मक रूपमा लिएको मन्त्री चौधरीले उल्लेख गरेकी थिइन्।

छलफलमा जलवायु अनुकूल कृषि, साना तथा मझौला कृषि उद्यम तथा नवप्रवर्तनमा लगानी विस्तार गर्ने विषयमा छलफल भएको थियो। यसैगरी, भू-जल पुनर्भरण (वर्षा वा सतहको पानी जमिनमुनि सोसिएर पुग्ने र भूमिगत जलभण्डारलाई पुनः भर्ने प्राकृतिक वा कृत्रिम प्रक्रिया), अनुसन्धान तथा निजी क्षेत्रको संलग्नता बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार