काठमाडौँ । पञ्जाव किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पञ्जाव किंग्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको १९६ रनको लक्ष्य पछाएको पञ्जावले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावका लागि प्रभसिमरन सिंहले अविजित ८० रन बनाएका थिए भने कप्तान श्रेयस अय्यरले ६६ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको मुम्बईले क्वेंटन डिककको ११२ रनको शतकीय पारी र नमन धीरको ५० रन मद्धतले २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो ।
यो जितपछि पञ्जाव ५ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै मुम्बईले भने ५ खेलमा चौथो हार बेहोरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया