कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

नेपाली सेनाको ३३ औं कमाण्ड तथा स्टाफ तालिम सुरु

बलाधिकृत रथी प्रदीपजंग के.सी.ले गरे तालिमको औपचारिक उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं. ३३ कमाण्ड तथा स्टाफ तालिम सुरु भएको छ । आज बलाधिकृत रथी प्रदीपजंग के.सी.ले उक्त तालिमको औपचारिक शुभारम्भ गरेका हुन्।

उद्घाटनका क्रममा रथी के.सी.ले शिक्षार्थी अधिकृतहरूबीच अनुभवको आदान–प्रदान गर्दै तालिमपश्चात् अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा परिवेशको विश्लेषणसहित व्यवहारिक योजना तयार गरी कार्यान्वयन गर्न सक्षम हुने विश्वास व्यक्त गरे।

मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिममा नेपाली सेनाका ४ जना महिला अधिकृतसहित ७९ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १/१ जना गरी ३ जना अधिकृत, साथै मित्रराष्ट्र चीनका २ जना तथा अमेरिका, बेलायत, बङ्गलादेश, भारत, केन्या, मालदिभ्स, नाइजेरिया र पाकिस्तानका १र१ जना गरी १० जना विदेशी अधिकृतहरू सहभागी छन्। यसरी कुल ९२ जना शिक्षार्थी अधिकृतहरू तालिममा सहभागी भएका छन्।

वि.सं. २०४९ साल पौष १४ गते स्थापना भएको उक्त कलेजबाट हालसम्म नेपाली सेनाका १,३०८ जना, नेपाल प्रहरीका १७ जना, सशस्त्र प्रहरी बल नेपालका २९ जना, राष्ट्रिय अनुसन्धान विभागका २० जना, रक्षा मन्त्रालयका १ जना तथा विभिन्न राष्ट्रका १३२ जना गरी कुल १,५०७ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षण प्राप्त गरिसकेका छन्।

कार्यक्रममा रथीवृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, कलेजका पूर्व शिक्षाध्यक्षहरू, प्राध्यापकहरू, विभिन्न राष्ट्रका सैनिक सहचारीहरू तथा शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Nepal calls for greater climate finance for mountain resilience
२०८३ कार्तिक २४, मंगलबार
नेपाल संवतले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्ः मुख्यमन्त्री कार्की
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
२०८३ कार्तिक २४, मंगलबार
NC President Thapa says Nepal Sambat is symbol of unique identity, rich culture
२०८३ कार्तिक २४, मंगलबार
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती
२०८३ कार्तिक २४, मंगलबार
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
२०८३ कार्तिक २४, मंगलबार
मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ
२०८३ कार्तिक २४, मंगलबार