असार २२, २०८२ आइतबार July 6, 2025

उपत्यकामा ६१ प्रतिशत नयाँ संक्रमित देखिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः गत २४ घण्टामा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा ३ महिला र ७ जना पुरुष छन् ।

मृत्यु हुनेमा सर्लाहीकी ७२, काठमाडौंकी ५७ वर्षीया र बाँकेकी ७६ वर्षीया महिला तथा मोरङका ६८ वर्षीय, महोत्तरीका ५८, काठमाडौंका ६० र ७० वर्षीय, चितवनका ५५, बाँकेका ५३ र ३९ वर्षीय पुरुष छन्। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ। यो हिसाबले कुल संक्रमितमध्येमा ०.६४ प्रतिशतको मृत्यु भएको छ।

मंगलबार काठमाडौं उपत्यकामा नयाँ संक्रमितमध्ये थप ६१. ७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या सोमबारको तुलनामा १ प्रतिशत बढी हो। उपत्यकासहित नेपालमा गत २४ घण्टामा १५ सय १३ जना नयाँ संक्रमित भएका छन्। नयाँसहित नेपालमा कुल संक्रमित हुनेको संख्या ७६ हजार २ सय ५८ पुगेको छ।

तीमध्येमा ५५ हजार ३ सय ७१ जना निको भइसकेका छन् भने हाल देशभरिमा २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये १० हजार ७ सय ७ जना होम आइसोलेसन र ९ हजार ६ सय ८९ जना संस्थागत आइसोलेसनमा छन्। जटिल समस्या भएका २ सय १३ जनाको आइसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा थप १० हजार ८ सय ९१ जनाको नमुनासहित कुल परीक्षण संख्या १० लाख ९ हजार २ सय ९८ पुगेको छ।

राजधानी तथा अन्य सहरहरुमा बढ्दो संक्रमणलाई नियन्त्रण गर्न जनताको भूमिका बढी रहेको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक व्यक्तिलाई एसएमस (मास्क, भौतिक दूरी र हात हातको सफाइ) लाई कडाइपूर्वक लागू गर्न अनुरोध गरेको छ। नागरिक दैनिकबाट
निक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार