बैसाख ६, २०८३ आइतबार April 19, 2026

खुकुरी टी-२० क्रिकेटः वैशाख ८ गतेदेखि भैरहवामा हुँदै

प्रतियोगिताको विजेतालाई रु एक लाख ११ हजार १११, उपविजेतालाई रु ५५ हजार ५५५ दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

देवदह (रुपन्देही), ६ वैशाखः रुपन्देहीको भैरहवामा वैशाख ८ गतेदेखि खुकुरी टी-२० कप क्रिकेट प्रतियोगिता हुने भएको छ । लुम्बिनी खुकुरी क्लब बेलहियाको आयोजनामा सिद्धार्थनगर नगरपालिका-३ स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ ।

आज यहाँ पत्रकार सम्मेलन गरी आयोजकले वैशाख १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष महेश थापाले प्रतियोगितामा तीन भारतीयसहित १६ वटा समूहको सहभागिता रहने जानकारी दिनुभयो ।

क्लबका सहसचिव एवं प्रतियोगिताका संयोजक नन्दन श्रेष्ठले आगामी दिनमा अझ सशक्त ढङ्गबाट क्रिकेटको विकासका लागि नयाँ आयाम प्रस्तुत गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । “प्रतियोगिताबाट यस क्षेत्रमा मात्र नभई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादनमा टुवा पु¥याउने विश्वास छ”, उहाँले भन्नुभयो, “खुकुरी क्लबले यसअघि पनि धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन छ ।”

प्रतियोगिताको विजेतालाई रु एक लाख ११ हजार १११, उपविजेतालाई रु ५५ हजार ५५५, म्यान अफ दि सिरिजलाई रु १५ हजार, वेष्टबलर र वेष्ट ब्याटस्म्यानलाई रु पाँच हजार ५५५ र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई रु एक हजार ५०० प्रदान गरिने क्लबका सल्लाहकार धर्मराज गिरीले जानकारी दिनुभयो ।

सिद्धार्थनगर नगरपालिका-१ का वडाध्यक्ष उज्जवल पोखरेलले लुम्बिनी खुकुरी क्लबले क्रिकेटको विकासमा सहयोग गरिरहेको बताउँदै यसले स्थानीय खेलतडीलाई अवसर प्रदान गरिरहेको धारणा राख्नुभयो । क्रिकेटसहित विभिन्न खेलकुदका गतिविधि सञ्चालन गर्न रकम आवश्यक भएको जानकारी पाएपछि क्लबले आयोजना गर्न लागेको क्रिकेटका लागि वडा कार्यालयबाट रु पाँच लाख सहयोग उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष कमल रायमाझीले लुम्बिनी खुकुरी क्लब खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्ने संस्थाका रूपमा रहेको बताउनुभयो । उहाँले यो क्लबले धेरै खेलाडी उत्पादन गर्न सफल भएको उल्लेख गर्नुभयो ।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले प्रतियोगिता सञ्चालन गर्न करिब रु ११ लाख ५० हजार खर्च हुने बताउनुभयो । सिद्धार्थनगर-१ वडा कार्यालयको सहयोग र रुपन्देही क्रिकेट सङ्घको सहकार्यमा प्रतियोगिता सञ्चालन हुने लुम्बिनी खुकुरी क्लबका सचिव ओजश शर्माले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
२०८३ बैसाख ६, आइतबार
खुकुरी टी-२० क्रिकेटः वैशाख ८ गतेदेखि भैरहवामा हुँदै
२०८३ बैसाख ६, आइतबार
रोबोटले तोड्यो मानव कीर्तिमान
२०८३ बैसाख ६, आइतबार
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
२०८३ बैसाख ६, आइतबार
अब घरबाटै एनओसी: वैदेशिक अध्ययन अनुमति पूर्ण रूपमा अनलाइन, त्रिवि–केयूसँग प्रणाली जोडियो
२०८३ बैसाख ६, आइतबार
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेटवार्ता
२०८३ बैसाख ६, आइतबार
मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग
२०८३ बैसाख ६, आइतबार