श्रावण १३, २०८३ बुधबार July 29, 2026

आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक

स्याउ (फुजी) २६० रुपैयाँ, अनार ३५० रुपैयाँ, अंगुर (हरियो) २१० रुपैयाँ, अंगुर (कालो) ३३० रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३० रुपैयाँ र गोलभेँडा सानो (भारतीय) ३२ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (भारतीय) २३ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) २० रुपैयाँ, बन्दा (लोकल) ४० रुपैयाँ, काउली (स्थानीय) ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) १५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ३० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, लौका २० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, हरियो फर्सी (लाम्चो) २० रुपैयाँ, हरियो फर्सी (डल्लो) २० रुपैयाँ, भिन्डी ३० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ४० रुपैयाँ तोकिएको छ ।

समितिले रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर ७० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ७० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, बकूला प्रतिकिलो ४० रुपैयाँ, च्याउ (कन्य) १४० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, कुरीलो ३७५ रुपैयाँ, न्यूरो ७० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ, चुकुन्दर ४० रुपैयाँ, सेलरी १२० रुपैयाँ, पार्सले १८० रुपैयाँ, सौफको साग ७० रुपैयाँ, पुदिना ११० रुपैयाँ र गुन्द्रुक २२० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २६० रुपैयाँ, अनार ३५० रुपैयाँ, अंगुर (हरियो) २१० रुपैयाँ, अंगुर (कालो) ३३० रुपैयाँ, सुन्तला (भारतीय) १४० रुपैयाँ, तरबुजा (हरियो) ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) २० रुपैयाँ, काँक्रो (हाइब्रिड) १० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार